बिश्व निकेतन मा. बि. को ७५ औं बार्षिकोत्सव आज सम्पन्न ।

बिश्व निकेतन मा. बि. को ७५ औं बार्षिकोत्सव आज सम्पन्न ।

बिश्व निकेतन मा. बि. को ७५ औं बार्षिकोत्सव आज सम्पन्न ।

बि. सं.२००३ साल माघ १९ गते सरस्वती पुजाको दिन शिक्षाप्रेमी युवा नरमान श्रेष्ठद्वारा स्थापित बिश्व निकेतन स्कुलको पचहत्तरऔं बार्षिकोत्सब कोरोनाको कहरका बिच आज विद्यालय प्राङ्गणमा सामान्य र सरल किसिमले मनाइयो।

काठमाडौ महानगरपालिका वडा न.११ का अध्यक्ष श्री हिरालाल तन्डुकारज्युको प्रमुख आतिथ्यतामा सम्पन्न आजको कार्यक्रममा कामपा शिक्षा बिभागका शाखा अधिकृत (आठौं तह ) श्री मोतिप्रसाद भट्टराई , पुर्व प्रधानाध्यापक श्री निर्मल गिरि , विद्यार्थीहरु श्री भेषराज उपाध्याय , श्री सृष्टि बिश्वकर्मा, श्री एलिशा थापा लगायतले शुभकामना मन्तव्य राख्नुभयो। प्रमुख अतिथी हिरालाल तन्डुकारज्युले एक्काइसौं शताब्दीको माग अनुसार बिश्व निकेतनले गुणस्तरीय शिक्षा प्रदान गरेकोमा बधाई तथा धन्यवाद दिदै विद्यालयलाई हरतवरबाट सहयोग गर्न आफू तत्पर रहेको बताउनुभयो। कक्षा ECD देखि १२ सम्म ३२१४ विद्यार्थीहरु अध्ययन गर्ने बिश्व निकेतनको आजको कार्यक्रममा सप्रअ श्री गङ्गा थापाले स्वागत मन्तव्य , प्रधानाध्यापक श्री हेरम्बराज कडेलले विद्यालयको प्रतिबेदन प्रस्तुत र सप्रअ श्री केदारप्रसाद दाहालले कार्यक्रम संचालन गर्नुभएको थियो। बि . ब्य. स. अध्यक्ष श्री गोपाल श्रेष्ठज्युको अध्यक्षमा सम्पन्न उक्त कार्यक्रममा शैक्षिक सत्र २०७६ मा कक्षा ECD देखि १२ कक्षा सम्म बार्षिक परिक्षामा प्रथम , द्वितीय , तृतीय हुने र उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीहरुलाई नगद पुरस्कार , प्रमाणपत्र तथा पदक प्रदान गरिएको थियो। श्रोत ब्यक्ती श्री खगराज जोशी, कामपा ११ वडाका जनप्रतिनिधिहरु श्री दिपेश राउत क्षेत्रि, श्री सरोज मुल्मी, श्री आशा श्रेष्ठ रौनियार र श्री यशोमती परियार , पुर्व प्रअ श्री कमला शाक्य , बिश्व निकेतन गम्भीरमान फाउन्डेसनका सचिब इ. सुरज पौडयाल, स्व . गम्भीरमान मास्केका सुपुत्र लगायतको आतिथ्यता रहेको थियो। आजको कार्यक्रममा विद्यालयको इतिहास र स्थापनाकालदेखि बर्तमान सम्मका गतिविधि समाबेश गरिएको ” A Glimpse in to Viswa Niketan ” बिमोचन गरियो। विद्यालयले आगामी बर्षभरी विभिन्न कार्यक्रमका साथ हिरक बर्ष ( Platinum jubilee /Diamond jubilee ) मनाउने निर्णय गरेको छ।