*********** हार्दिक बधाई एवम् शुभकामना ************

*********** हार्दिक बधाई एवम् शुभकामना ************

आज फागुन १ गते शनिवार विश्व निकेतन माध्यमिक विद्यालयबाट कक्षा १२ समुत्तीर्ण हुने विद्यार्थी भाइबहिनीहरुलाई लक्षित गरी सम्मान तथा बिदाइ समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न गरियो । कामपा ११ वडाका अध्यक्ष एवम् वरिष्ठ समाजसेवी श्री हीरालाल तण्डुकारज्यूको प्रमुख आतिथ्य र वागमती प्रदेशका माननीय सभासद श्री दीपेन्द्र श्रेष्ठज्यूको विशेष आतिथ्यमा आयोजित उक्त कार्यक्रममा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष श्री गोपाल श्रेष्ठज्यूले सभापतित्व ग्रहण गर्नुभएको थियो । विद्यालयका सप्रअ श्री गङ्गा थापाले बधाई तथा शुभकामना मन्तव्य राख्नुभएको थियो भने कार्यक्रममा उपस्थित सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई विद्यालयका प्रधानाध्यापक श्री हेरम्बराज कडेलज्यूले हार्दिक सम्मान तथा बधाई ज्ञापन गर्नुभयो । विश्वदीप बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख श्री निर्मल गिरीज्यूले विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्नुहुंदै उच्च शिक्षा(स्नातक तह)का लागि विश्वदीप बहुमुखी क्याम्पसमा भर्ना हुन आव्हान गर्नुभयो । अक्त समारोहमा विज्ञान, व्यवस्थापन, मानविकी तथा शिक्षाशास्त्र संकायको कक्षा १२ को राष्ट्रिय बोर्ड परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी भाइबहिनीहरूलाई विद्यालयद्वारा पदक, प्रमाणपत्र तथा नगद पुरस्कार समेत प्रदान गरिएको थियो। विद्यालयका सप्रअ श्री केदारप्रसाद दाहालद्वारा उदघोषित उक्त कार्यक्रममा करिब ६०० जना विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको अन्त्यमा सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई मायाको चिनो प्रदान गर्दै आमन्त्रित अतिथिज्यूहरूले सबैमा बधाई एवम् शुभकामना व्यक्त गर्नुभएको थियो। विद्यालयका शिक्षक, कर्मचारी एवम् मेधावी विद्यार्थीहरूको उपस्थितिले करिब तीन घण्टाको उक्त कार्यक्रम रौनकपूर्ण रहेको थियो ।
https://www.facebook.com/kedar.dahal.946/posts/1637872713080173